लम्की नगरपालिकाले ल्यायो १ अर्ब १० करोड ६६ लाखको बजेट

लम्की नगरपालिकाले ल्यायो १ अर्ब १० करोड ६६ लाखको बजेट

अर्थ चौतारी

लम्की नगरपालिकाले ल्यायो १ अर्ब १० करोड ६६ लाखको ...

A A- A+

धनगढी । कैलालीको लम्कीचुहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/२०८२ का लागि १ अर्ब १० करोड ६६ लाख ११ हजारको बजेट ल्याएको छ ।नगरप्रमुख सुशिला कुमारी शाहीको अध्यक्षतामा मंगलबार बसेको नगर सभाको १३ औँ अधिवेशनमा नगर उपप्रमुख जुना कुमारी चौधरीले आगामी आर्थिक वर्षको बजेट कार्यक्रम प्रस्तुत गरेकी हुन् ।उपप्रमुख चौधरीले चालूतर्फ ७० करोड ३९ लाख १ हजार र पुँजीगततर्फ ४० करोड २६ लाख ४० हजार गरी कुल १ अर्ब १० करोड ६६ लाख ११ हजारको बजेट प्रस्तुत गरेकी हुन् ।लम्कीचुहा नगरपालिकाको बजेट १५ दिन ढिला आएको हो । कानुनी प्रावधान अनुसार असार १० गतेभित्र आगामी आर्थिक वर्षको बजेट कार्यक्रम ल्याइसक्नुपर्ने व्यवस्था छ । तर नगर प्रमुख शाही बजेट ल्याउने बेला वैदेशिक भ्रमणको क्रममा डेनमार्क गएपछि बजेट ल्याउन सकिएको थिएन । नगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम भने जेठ २१ गते नै पारित भएको थियो । तर बजेट आउन नसकेपछि नगरप्रमुख शाहीको आलोचना भएको थियो । नगरपालिकाको बजेट कार्यक्रम भन्दा उनको प्राथमिकतामा भ्रमण परेको भन्दै आलोचना भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?