अस्ट्रेलियामा विश्वकै पहिलो ‘अल वेदर क्रिकेट स्टेडियम’ बन्दै, वर्षाले पनि खेल प्रभावित नहुने

अस्ट्रेलियामा विश्वकै पहिलो ‘अल वेदर क्रिकेट स्टेडियम’ बन्दै, वर्षाले पनि खेल प्रभावित नहुने

अर्थ चौतारी

अस्ट्रेलियामा विश्वकै पहिलो ‘अल वेदर क्रिकेट स्टेडियम’ बन्दै, वर्षाले ...

A A- A+

काठमाडौँ । क्रिकेट खेलमा मौसमको निकै ठुलो भूमिका रहन्छ । खेलका क्रममा थोरै वर्षा भए पनि खेल अवरुद्ध बन्न पुग्छ । अन्तर्राष्ट्रिय क्रिकेटमा वर्षाले खेल प्रभावित भएकै कारण स्वाभाविक नतिजा आउन नसकेको धेरै उदाहरण छन् ।वर्षाका कारण खेल प्रभावित हुँदा समर्थकहरू सबैभन्दा बढी निराश हुने गरेका छन् । तर, अहिले विश्व क्रिकेटका लागि एउटा खुसीको समाचार आएको छ । क्रिकेट प्रेमीका लागि यस्तो सुखद समाचार अस्ट्रेलियाबाट प्राप्त भएको हो ।अस्ट्रेलियामा विश्वकै अनौठो क्रिकेट स्टेडियम बनाउने तयारी गरिँदैछ । उक्त क्रिकेट स्टेडियमको काम निकट भविष्यमै अगाडि बढ्ने बताइएको छ । प्रतिकुल मौसमलाई ध्यानमा राखी बनाउन थालिएको यो स्टेडियमको परिचय ‘अल वेदर इन्डोर स्टेडियम’का रूपमा अगाडि सारिएको छ ।उक्त स्टेडियममा जस्तोसुकै प्रतिकुल मौसममा पनि क्रिकेट खेल सञ्चालन गर्न सकिने बताइएको छ । उक्त स्टेडियम अस्ट्रेलियाको तस्मानियामा बनाउने तयारी गरिएको छ । स्टेडियमको नाम भने ‘माक्वारी प्वाइन्ट स्टेडियम’ राखिएको छ ।स्टेडियम २३ हजार दर्शक क्षमताको रहने समाचारमा जनाइएको छ । यो स्टेडियमको छत पारदर्शी हुने र छतबाट पर्याप्त उज्यालो स्टेडियमभित्र पुग्ने बताइएको छ । जतिसुकै उचाइको छक्का प्रहार गरे पनि बलले छतलाई नछुने पनि बनाइएको छ ।यो स्टेडियम तयार पार्न तस्मानियाको परिवेशलाई पनि ध्यानमा राखिएको समाचारमा जनाइएको छ । रंगशालाको डिजाइन तयार पार्दा तस्मानियाका आदिवासी समुदायको सुझावलाई पनि पनि महत्त्व दिइएको बताइएको छ ।उक्त स्टेडियमबाट समुद्रको मनोरम दृश्य पनि देखिने बताइएको छ । स्टेडियमको निर्माण कार्य सन् २०२८ सम्ममा पुरा भइसक्ने दाबी गरिएको छ । अस्ट्रेलियाका स्पोर्टस एन्ड इभेन्टमन्त्री निक स्ट्रिटका अनुसार, यो स्टेडियमले विश्व क्रिकेटमा ठुलो परिवर्तन ल्याउन सहयोग पुर्‍याउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?