मुख्यमन्त्रीलाई भौतिक मन्त्रीले भने –बरु मेरो मन्त्रालय राख्नुहोस्

मुख्यमन्त्रीलाई भौतिक मन्त्रीले भने –बरु मेरो मन्त्रालय राख्नुहोस्

अर्थ चौतारी

मुख्यमन्त्रीलाई भौतिक मन्त्रीले भने –बरु मेरो मन्त्रालय राख्नुहोस्

A A- A+

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीलाई भौतिक पूर्वाधार विकास मन्त्री कैलाश चौधरी मन्त्रालय नफोड्न आग्रह गरेका छन् ।सत्ता भागबन्डा मिलाउन मन्त्रालय फोडेर मन्त्री बनाउने चर्चाकाबिच भौतिक मन्त्री चौधरीले मुख्यमन्त्री सोडारीलाई त्यस्तो नगर्न आग्रह गरेका हुन् । आज फोन संवाद गर्दै उनले मन्त्रालय फोड्न पर्ने अवस्था सृजना हुँदा आफ्नो मन्त्रालय पनि राख्न मुख्यमन्त्रीलाई सुझाव दिएका थिए ।
‘तपाइहरूलाई मन्त्रालय मिलाउनु छ भने मेरो मन्त्रालय पनि लिनुहोस् ,मन्त्रालय फोडेर आर्थिक भार थप्ने काम नगर्नुहोस्’ मन्त्री चौधरीले मुख्यमन्त्री सोडारीलाई भनेका थिए ।मुख्यमन्त्री सोडारीले अझै यस विषयमा कुरा नमिलेको बताएका थिए ।  उनी नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री भएका हुन् । उनले पार्टी अध्यक्ष रन्जिता श्रेष्ठसँग परामर्श गरेर मुख्यमन्त्रीलाई मन्त्रालय नफोड्न र मन्त्रालय फुट्ने अवस्थामा आफू उक्त जिम्मेवारीमा नरहने समेत सङ्केत दिएका थिए ।भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय विभाजन गरेर मन्त्रीहरूको भागबन्डा पुराउने तयारीमा मुख्यमन्त्री सोडारी रहेको स्रोतको दाबी छ । यता मन्त्रालय फुटाएर मन्त्री बन्ने अवस्था सृजना भए आफू सरकारमा सहभागी नहुने स्वतन्त्र सांसद डा. तारा जोशीले बताइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?