‘रुसी सेनामा भर्ती भएका भारतीयलाई रिहा गर्न पुटिन सहमत’

‘रुसी सेनामा भर्ती भएका भारतीयलाई रिहा गर्न पुटिन सहमत’

अर्थ चौतारी

‘रुसी सेनामा भर्ती भएका भारतीयलाई रिहा गर्न पुटिन सहमत’

A A- A+

काठमाडौं । रुसी सेनामा भर्ती भएका भारतीय नागरिकलाई फिर्ता गर्न रुस सहमत भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।समाचारमा दाबी गरिएअनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अनुरोधमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन रुसी सेनामा भर्ती भएका भारतीयलाई फिर्ता गर्न सहमत भएका हुन् ।दुई दिने भ्रमणका लागि मोदी सोमबार रुस पुगेका थिए । पुटिनसँग भएको भेटवार्तामा मोदीले रुसी सेनामा भर्ती भएका भारतीय नागरिकको सुरक्षाबारे छलफल गरेका थिए । सो क्रममा पुटिनले रुसी सेनामा रहेका भारतीय नागरिकलाई फर्काउन सहमति जनाएको र त्यो काममा सहजीकरण गर्ने बताएको स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सी एएनआईले जनाएको छ ।हालै भारतीय विदेश मन्त्रालयले रुसी सेनामा कार्यरत चार भारतीय नागरिकको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको थियो । रुसी सेनामा दुई दर्जन बढी भारतीय नागरिक भर्ती भएको अनुमान छ । १० जना भारतीय नागरिक भने फर्किएका थिए ।सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछिको मोदीको यो पहिलो रुस भ्रमण हो । त्यसअघि उनले सन् २०१९ मा रुसको भ्रमण गरेका थिए ।रुस भारतमा तेल र हतियारको प्रमुख आपूर्तिकर्ता हो । यद्यपि पश्चिमा देशले रुसलाई प्रतिबन्ध लगाएको र चीनसँग रुसको बढ्दो निकटताले भारत–रुस सम्बन्धमा प्रभावित पार्नसक्ने चिन्ताबीच मोदीको यो भ्रमणलाई चासोका साथ हेरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?