श्रीलङ्का : हत्या गरिएका सम्पादकका परिवारद्वारा नयाँ राष्ट्रपतिसँग न्यायका लागि अपिल

National People's Power (NPP) party's presidential candidate Anura Kumara Dissanayaka leaves a polling station after casting his ballot during voting in Sri Lanka's presidential election in Colombo on September 21, 2024. Cash-strapped Sri Lanka began voting for its next president September 21 in an effective referendum on an unpopular International Monetary Fund austerity plan enacted after the island nation's unprecedented financial crisis. (Photo by Ishara S. KODIKARA / AFP)

श्रीलङ्का : हत्या गरिएका सम्पादकका परिवारद्वारा नयाँ राष्ट्रपतिसँग न्यायका लागि अपिल

अर्थ चौतारी

श्रीलङ्का : हत्या गरिएका सम्पादकका परिवारद्वारा नयाँ राष्ट्रपतिसँग न्यायका ...

A A- A+

कोलम्बो, ७ असोज । श्रीलङ्काकी पत्रकार लासन्था विक्रमातुङ्गेका परिवारले अन्तर्राष्ट्रिय स्तरमा निन्दा गरिएको श्रीलङ्काको हत्याको छानबिन पुनः सुरु गर्न सोमबार नयाँ राष्ट्रपतिसमक्ष अपिल गरेका छन् ।

सन् २००९ को जनवरीमा सत्तामा रहेका राजपाक्ष परिवारसँग सम्बन्धित सैन्य गुप्तचर एकाइका सदस्यका रूपमा प्रहरीले पहिचान गरेका आक्रमणकारीहरूले संस्थापनविरोधी सम्पादकको हत्या गरेका थिए।

विक्रमातुङ्गेकी छोरी अहिंसाले देशको पहिलो वामपन्थी राष्ट्रपति अनुरा कुमारा दिसानायकाको शनिबार भएको निर्वाचनले परिवारमा न्यायको ‘नयाँ आशा’ जगाएको बताएको छ ।

उनले भने, “यो नेतृत्वले श्रीलङ्काको पछिल्लो मानव अधिकार इतिहासमा भएका ज्यादतीलाई सम्बोधन गर्न नयाँ दृष्टिकोण ल्याउनेछ भन्नेमा हामी आशावादी छौं ।”

विक्रमामातुङ्गेले तत्कालीन रक्षा मन्त्री गोटबाया राजापाक्षले युक्रेनबाट सेकेन्ड ह्यान्ड मिग जेट लडाकु विमान खरिदलगायत हातहतियार खरिदमा व्यापक भ्रष्टाचार गरेको आरोपसमेत लगाएको छ ।

उनको परिवारले राजपाक्षलाई हत्याका लागि जिम्मेवार ठहर गर्दै क्यालिफोर्नियाको अदालतमा मुद्दा दायर गरेको थियो तर सन् २०१९ नोभेम्बरमा उनी राष्ट्रपति बनेपछि मुद्दा स्थगित भएको थियो ।

श्रीलङ्कामा महिनौंसम्म खाद्यान्न र अन्य अत्यावश्यक सामग्रीको अभाव भएपछि आन्दोलित समूहले सन् २०२२ को जुलाईमा राजपाक्षको निवासमो आक्रमण गरेपछि उनी विदेश पलायन हुनुपरेको थियो ।

राजपाक्षका उत्तराधिकारी रनिल विक्रमासिङ्घेले राजपाक्षेको शासनकालमा भएका एक दर्जनभन्दा बढी पत्रकार र सञ्चारकर्मीको हत्याको पुनः अनुसन्धान सुरु गरेनन् ।

तत्कालीन प्रशासनका प्रमुख आलोचक विक्रमातुङ्गेलाई गोटबाया राजापाक्षेसँग जोडिएको भ्रष्टाचारको मुद्दामा बयान दिनुभन्दा केही दिनअघि छुरा प्रहार गरिएको थियो ।

गोटबायाका दाजु महिन्दा राजापाक्षेको शासनकालमा श्रीलङ्कामा भएको मानवअधिकार उल्लङ्घनको घटनालाई पुष्टि गर्ने विक्रमातुङ्गेको हत्या पनि एउटा बलियो प्रमाण हो ।

विक्रमातुङ्गेको हत्यालगायतका घटनाले श्रीलङ्कालाई मानव अधिकार उल्लङ्घन र दण्डहीनताको संस्कृति बोकेको मुलुकको प्रतीकको रूपमा समेत हेरिने गरिएको छ। यो मुद्दा संयुक्त राष्ट्र संघीय अधिकार निकाय र अन्य सङ्गठनले बारम्बार उठाएका छन्।

श्रीलङ्कामा गृहयुद्धका क्रममा पत्रकार र राजनीतिक विद्रोहीको हत्यामा संलग्न रहेको गोटबाया राजपाक्षमाथि आरोप लाग्ने गरेको छ । उनीमाथि एक छद्म सैन्य सङ्गठनलाई उनीहरूको हत्याका लागि आदेश दिएको आरोप लागेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?