दाङमा लगातार परेको अविरल बर्सातका कारण बबई नदीमा आएको बाढीले झोलुङ्गे पुलमा क्षति गरेको छ ।
दंगीशरण गाउँपालिका वडा नं. १ को रहरपुर र वडा नं. ४ को बैबाङ जोड्ने झोलुङ्गे पुलमा बबई नदीमा आएको बाढीले क्षति गरेको हो । बबई नदीमा आएको बाढीले झोलुङ्गे पुलको दंगीशरण गाउँपालिका वडा नं. १ रहरपुरतिरको पुलको पिलर बगाई पुलमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
प्रहरीका अनुसार शनिवार साँझ नदीमा आएको बाढीले पुललाई अड्याउने पिलरमा क्षति गरेकोले उक्त झोलुङ्गे पुल भएर हिँडडुल गर्न बन्द गरिएको छ । पुलमा बाढीले क्षति गरेपछि स्थानीयलाई हिँडडुलमा समस्या भएको छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच