बाढीले टिपर बगायो

बाढीले टिपर बगायो

अर्थ चौतारी

बाढीले टिपर बगायो

A A- A+

काठमाडौं । ललितपुरमा बाढीले एउटा टिपर बगाएको छ । लगातारको वर्षापछि गोदावारी नगरपालिका–१२, ठेचोस्थित नख्खुखोलामा आएको बाढीले टिपर बगाएको प्रहरीले जानकारी गराएको छ ।शनिबार बिहान करिब ५ः२० बजे बाढीले रा१ख २६२४ नम्बरको टिपर बगाएको थियो । उक्त टिपर टीकाभैरवतर्फ जाँदै थियो ।टिपर बगाए पनि चालक सकुशल छन् । बाढीले बगाएर केही तल पुर्‍याएको टिपर निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?