जसपाले लियो सरकारबाट समर्थन फिर्ता, मन्त्रीद्वारा राजीनामा

जसपाले लियो सरकारबाट समर्थन फिर्ता, मन्त्रीद्वारा राजीनामा

अर्थ चौतारी

जसपाले लियो सरकारबाट समर्थन फिर्ता, मन्त्रीद्वारा राजीनामा

A A- A+

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । शुक्रबार बसेको जसपाको बैठकलाई प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । यस्तै सरकारमा रहेका जसपाका मन्त्रीहरूले राजीनामा पनि दिएका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा जसपाका दुई जना मन्त्री र एक जना राज्यमन्त्री छन् । नेपाली कांग्रेस र नेकपा एमालेबिच सत्ता सहकार्य गर्ने सहमति भएपछि जसपाले सरकारबाट समर्थन फिर्ता लिँदै उसका मन्त्रीहरूले राजीनामा दिएका हुन् । यसअघि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै उसका मन्त्रीहरूले राजीनामा बुझाएका थिए ।

jj1

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?