मलेसियामा सरकारी जग्गा अतिक्रमणमा तीन नेपालीसहित ४८ जना पक्राउ

मलेसियामा सरकारी जग्गा अतिक्रमणमा तीन नेपालीसहित ४८ जना पक्राउ

अर्थ चौतारी

मलेसियामा सरकारी जग्गा अतिक्रमणमा तीन नेपालीसहित ४८ जना पक्राउ

A A- A+

कुआन्टान । मलेसियामा डुरियन (कटहर जस्तो एक फल) खेतीको लागि सरकारी जग्गा अतिक्रमण गरेको आरोपमा तीन नेपालीसहित ४८ जना पक्राउ परेका छन् । उनीहरूलाई पछि धरौटीमा रिहा गरिएको जनाइएको छ ।  मलेसियाको राउब भन्ने स्थानमा पचाङ स्टेट एग्रिकल्चरल डेभलपमेन्ट कर्पोरेसनको जग्गा समेत प्रयोग गरेर सो खेती गरेको जनाइएको छ । पक्राउ पर्नेमा मुसाङ किङ डुरियन प्लान्टेसनका मालिक र कामदार हुन् ।  पाचाङ प्रहरी प्रमुख दातुक सेरी याहाया ओथम्यानका अनुसार पक्राउ पर्नेहरू २० देखि ६७ वर्ष उमेरका छन् । जसमा तीन नेपाली, १२ इन्डोनेसियाली, सात म्यान्मारका र दुई बंगलादेशी भएकोे जनाइएको छ ।  सो प्रकरण स्थानीय अदालतमा पनि गएको र अदालतले त्यस्तो अतिक्रमण रोक्न आदेश दिएको छ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?