कृषि मन्त्रालयमा कर्मचारीको धर्ना

कृषि मन्त्रालयमा कर्मचारीको धर्ना

अर्थ चौतारी

कृषि मन्त्रालयमा कर्मचारीको धर्ना

A A- A+

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालय मातहतका कृषि कर्मचारी (प्राविधिक) हरुले आज पनि मन्त्रालयमा धर्ना जारी राखेका छन्। मन्त्रालयको प्रवेश द्वारमा आइतबारदेखि सुरु गरिएको धर्ना कार्यक्रम जारी राखिएको हो ।२०७५ सालमा सरकारले समायोजन अध्यायदेश ऐनमार्फत कर्मचारीहरुलाई समायोजन गरेपछि वृत्ति विकासका लागि नियमित रूपमा लोकसेवा नखोलिएको र तत्काल लोकसेवामार्फत सो कार्य सुरु गर्न माग गर्दै धर्नामा बसिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका योजना अधिकृत माधव पौडेलले जानकारी दिए । मन्त्रालय अन्तर्गतका PMAMP, ASDP, NAFHA, FANSEP, REED लगायतका आयोजनाहरु तथा राष्ट्रिय किसान आयोग लगायतका कार्यालयमा कार्यरत स्थायी कर्मचारीहरूले आफ्नो पदस्थापन नगरी काजमा खटाएको भन्दै काज फिर्ताका लागि निवेदन दिइएको उनले बताए । हाल देशभर ३०० भन्दा बढी कृषि प्राविधिकहरू रहेका छन् । तीमध्ये करिब १०० जना धर्नामा बसेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?