पशुपतिको कोटिहोमको अन्तिम दिन तनाव

पशुपतिको कोटिहोमको अन्तिम दिन तनाव

अर्थ चौतारी

पशुपतिको कोटिहोमको अन्तिम दिन तनाव

A A- A+

काठमाडौं – एक महिनादेखि पशुपतिनाथ परिसरमा ‘कोटिहोम’ का नाममा सञ्चालित धार्मिक कार्यक्रमको समापनमा तनाव भएको छ।

साउन ३२ गते कार्यक्रम समापन हुँदै गर्दा सोधपुछका लागि पुगेका सादा पोशाकका प्रहरी र आयोजक पक्षबिच झडप भएको हो। कोटिहोम विवादित भएका खबर सार्वजनिक भएपछि सोधपुछका लागि पुगेका प्रहरीमाथि आयोजक विजय भण्डारीका समर्थकले आक्रमण सुरु गरेपछि पशुपति क्षेत्रमा तनाव भएको हो।

कार्यक्रम आयोजक भण्डारीसँग सोधपुछ गर्न सादा पोशाकका प्रहरी घटनास्थलमा पुगेका थिए। तर, त्यहाँ उपस्थित केही व्यक्तिले प्रहरीमाथि हातपात गरेका हुन्। कोटिहोममा विवाद मच्चाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले सोधपुछ गरे लगत्तै आयोजक विजय भण्डारीले सामाजिक सञ्जालमार्फत आफ्ना समर्थकलाई आन्दोलनमा उत्रन आह्वान गरेका छन्। उनले फेसबुक लाइभमार्फत प्रहरीले बिना पक्राउ पुर्जी आफूलाई गिरफ्तार गर्न खोजेको आरोपसमेत लगाएका छन्। एक महिनादेखि सञ्चालन भएको कोटीहोम साउन ३२ गते समापन भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?