वर्षा सुरु भएयता बाढीपहिरोबाट ४३ परिवार विस्थापित

वर्षा सुरु भएयता बाढीपहिरोबाट ४३ परिवार विस्थापित

अर्थ चौतारी

वर्षा सुरु भएयता बाढीपहिरोबाट ४३ परिवार विस्थापित

A A- A+

सङ्खुवासभा । सङ्खुवासभामा मनसुनी वर्षा सुरु भएयता हालसम्म बाढीपहिरोका कारण ४३ परिवार विस्थापित भएका छन् । बाढीपहिरोबाट २० गोठ भत्किएका छन् ।

 

मनसुनजन्य प्रकोपबाट दुई जनाको मृत्यु हुनुका साथै ६ जना घाइते भएका छन् । सो अवधिमा बाढीपहिरोबाट ६ मोटरेवल पुलमा क्षति पुगेको छ । विस्थापितहरु आफन्तकहाँ आश्रय लिएर बसेका छन् ।

 

पहिरोले कोशी राजमार्ग अन्तर्गतका र ग्रामीण क्षेत्रका सडकका साथै विद्युत् आयोजनामा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी धुब्रबहादुर खड्काले जानकारी दिए ।

बाढीपहिरोबाट मकालु गाउँपालिका–२ सागसेवा र मूलगाउँमा २४ परिवार विस्थापित भएका छन् । बाढीपहिरोले खाँदबारी नगरपालिकामा खानेपानीको मुहान र विद्युत् पोलमा क्षति पुगेको छ ।

 

बाढीपहिरोका कारण अन्नबाली लगाएको ठाउँ बगरमा परिणत भएको छ । जिल्लास्थित तीनवटै सुरक्षा निकायलाई खोज तथा उद्धार कार्यका लागि तयारी अवस्थामा राखिएको प्रजिअ खड्काले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?