भारतसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिरियो

भारतसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिरियो

अर्थ चौतारी

भारतसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिरियो

A A- A+

एसिसी एसिया कपअन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा भारतसँग पराजित भएसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ।

पहिलो खेलमा युएईलाई पराजित गरे पनि त्यसपछिका दुई खेलमा लगातार हारसँगै नेपाल समूह चरणबाट बाहिरिएको हो।

मगलबार श्रीलंकाको दाम्बुला रंगशालामा नेपालले भारतसँग ८२ रनको फराकिलो अन्तरको हार बेहोर्यो। दोस्रो खेलमा नेपालमाथि पाकिस्तानले ९ विकेटको जित निकालेको थियो।

भारतले दिएको १७९ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेटको क्षतिमा ९६ रन मात्र जोड्न सक्यो।

नेपालका लागि सीता रानामगरले १८ रन, कप्तान इन्दू वर्माले १४ रन र रुबिना क्षेत्रीले १५ रनको योगदान गरे। यस्तै विन्दू रावलले नटआउट १७ रन जोडिन्।

बलिङमा भारतकी दिप्ती शर्माले ३ विकेट लिइन् भने अरुन्धती रेडी र राधा यादवले २-२ विकेट हात पारे।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले ३ विकेटको क्षतिमा १७८ रन जोडेको थियो।

भारतका लागि ओपनरद्वय शफाली वर्मा र दयालन हेमलताले उत्कृष्ट प्रदर्शन गरे। वर्माले ४८ बलमा ८१ रन र हेमलताले ४७ रन जोडे।

१४ ओभरसम्म पहिलो विकेटका लागि साझेदारी गर्दा उनीहरु दुई मिलेर १२२ रन जोडेका थिए। दुवैको विकेट नेपालकी सीता रानामगरले लिइन्।

यस्तै कविता जोशीको एलबिडब्लूको धरापमा पर्नुअघि सन्जिवन सजनाले १० रन बनाइन्। यस्तै जमिमाहले १५ बलमा ५ चौका प्रहार गर्दै नटआउट २८ रन जोडिन्।

यो समूहबाट भारत विजेता र पाकिस्तान उपविजेताको रुपमा अन्तिम चारमा पुगेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?