रविको दाबी : रास्वपाले चलाएको मन्त्रालयमा भ्रष्टाचार हुँदैन भन्ने ग्यारेन्टी दिनसक्छौँ

रविको दाबी : रास्वपाले चलाएको मन्त्रालयमा भ्रष्टाचार हुँदैन भन्ने ग्यारेन्टी दिनसक्छौँ

अर्थ चौतारी

रविको दाबी : रास्वपाले चलाएको मन्त्रालयमा भ्रष्टाचार हुँदैन भन्ने ...

A A- A+

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आफूहरूले चलाएको मन्त्रालयमा भ्रष्टाचार हुँदैन भन्ने कुराको ग्यारेन्टी दिनसक्ने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति समेत रहेका उनले शुक्रबार काठमाडौँमा पार्टी स्थापना दिवसको अवसर पारेर आयोजित कार्यक्रममा बोल्दै सो दाबी गरेका हुन् । उपप्रधानमन्त्री लामिछानेले सञ्चारकर्मीहरूमाझ जनताको अपेक्षा पूरा गर्न आफूहरूले पूरै इमान्दारिताका साथ कोसिस गरिरहेको जिकिर पनि गरे । सरकारमा गएको सय दिन जति भएको उल्लेख गर्दै उनले गज्जबले मन्त्रालयहरू चलाउने आधारहरू बनेको बताए । उनले आफ्नो पार्टीलाई पुराना पार्टीजस्तो नहोस् भन्नका लागि आम जनताले घण्टी बजाउने गरेको टिप्पणी पनि गरे । उपप्रधानमन्त्री लामिछानेले रास्वपा स्थापनाको थोरै अवधिमा धेरै ठुलो जिम्मेवारीमा पुगेको अनुभूति भएको पनि बताए ।उपप्रधानमन्त्री लामिछानेले यति धेरै अवधिले रास्वपालाई धेरै ठुलो भारी नबोकेको भनेर आलोचना गर्नु अन्याय हुने पनि बताए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?