अत्याधिक गर्मीका कारण भारतमा ३०० बढीको मृत्यु

अत्याधिक गर्मीका कारण भारतमा ३०० बढीको मृत्यु

अर्थ चौतारी

अत्याधिक गर्मीका कारण भारतमा ३०० बढीको मृत्यु

A A- A+

धनगढी ।  भारतमा चरम गर्मीका कारण ३७१ भन्दा बढीको मृत्यु भएको छ । धेरै मृत्यु उत्तर प्रदेशको बिहार, राजस्थान, हरियाणामा भएका छन् । मृतकहरु अधिकांश सडकमा बेवारिसे जीवन बिताउनेहरु रहेका छन् ।चिकित्सकहरुले पनि अत्यधिक गर्मी र लुकै कारण भारतमा मानिसहरुको ज्यान गइरहेको बताएका छन् । अस्पतालहरुमा गर्मीका कारण बिरामी परेकाहरुको चाप पनि अत्यधिक छ ।भारतमा बेवारिसे व्यक्तिहरुको क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था ‘सेन्टर फर होलिस्टिक डेभलमपेन्ट’ले जुन ११ देखि जुन १९ को बीचमा नयाँदिल्लीमा अत्यधिक गर्मीका कारण १९२ जना बेघर व्यक्तिहरुको मृत्यु भएको जनाएको छ यसैगरी उत्तर प्रदेशमा १८ जुनमा मात्रै १७० जनाको मृत्यु हिट स्ट्रोकका कारण भएको थियो । उत्तर प्रदेशका धेरैजसो राज्यहरुमा अधिकतम तापक्रम ४७–४८ डिग्री सेल्सियससम्म पुगेको थियो ।गर्मीका कारण कतिपयले बाटोमा हिँड्दाहिँड्दै ज्यान गुमाएका छन् । सवारी साधनका चालक र कण्डक्टरहरुको पनि ज्यान गुमेको छ । भारतको परिवहन निगमका तीन चालक र एक कन्डक्टरको यात्राको क्रममा मृत्यु भएको छ । यस्तो मृत्युको सर्वाधिक आँकडा गाजियावादमा छ । त्यहाँ १८ जुनमा ३० र १९ जुनमा १४ जनाको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?