६० किलो सुन तस्करीमा संलग्न चिनियाँ राजु भोटेको साथबाट पेस्तोल बरामद

६० किलो सुन तस्करीमा संलग्न चिनियाँ राजु भोटेको साथबाट पेस्तोल बरामद

अर्थ चौतारी

६० किलो सुन तस्करीमा संलग्न चिनियाँ राजु भोटेको साथबाट ...

A A- A+

काठमाडौँ । हङकङबाट ल्याएको ६० किलो सुन तस्करीमा संलग्न आरोपीको साथमा पेस्तोल भेटिएको छ । सुन तस्करीबारे दोस्रो चरणको अनुसन्धानको क्रममा सीआईबीले चिनको छेन्दु घर भएका कङ्का चासीलाई केही दिनअघि नियन्त्रणमा लिएको थियो ।तस्करीको दुनियाँमा राजु भोटे र टासी नामबाट परिचित उनको साथबाट पेस्तोल बरामद गरिएको सीआईबीका एक जना अधिकृतले बताए । उनको साथबाट अनुसन्धान अधिकृतहरूले ६ दशमलव ३५ एमएमको माउजर बरामद गरेका छन् ।राजु भोटेसहित १८ जनालाई सीआईबीले दोस्रो चरणको अनुसन्धानको क्रममा नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?