बुशवाहा हत्याको छानविन गरी दोषीलाई काराहि गर्न त्रिविको माग

बुशवाहा हत्याको छानविन गरी दोषीलाई काराहि गर्न त्रिविको माग

अर्थ चौतारी

बुशवाहा हत्याको छानविन गरी दोषीलाई काराहि गर्न त्रिविको माग

A A- A+

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले बाराको रामराजा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हरिभुषण कुशवाहाको हत्याको छानबिन गरी सत्य तथ्य बाहिर ल्याएर दोषीलाई कडा कारबाही गर्न माग गरेको छ। त्रिविले आज एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो।बारा जिल्लाको कलैयास्थित त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त सामुदायिक क्याम्पस रामराजा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख कुशवाहाको जेठ ३२ गते साझ ५:३० बजे अज्ञात समूहले गोली हानी भएको थियो।‘यो घटनाले त्रिभुवन विश्वविद्यालय मर्माहित भएको छ,प्राज्ञिक क्षेत्रको माध्यमबाट राष्ट्रसेवामा समर्पित सामुदायिक क्याम्पसका एक उत्कृष्ट शिक्षक एवं शैक्षिक प्रशासकको दिनदहाडै गोली हानेर विभत्स हत्या हुनु अत्यन्तै दुःख र कारुणिक घटना हो,क्याम्पस प्रमुख हरिभूषण कुशवाहाको हत्याको तत्काल छानबिन गरी सत्यतथ्य बाहिर ल्याई दोषीउपर कडा कानुनी कारबाहीका लागि त्रिभुवन विश्वविद्यालय सरोकार पक्षहरूसँग अनुरोध गर्दछ,’विज्ञप्तिमा उल्लेख छ।त्रिविले हत्याबाट विक्षिप्त क्याम्पस परिवार, क्याम्पस प्रमुख कुशवाहाको परिवार तथा आफन्तजनहरूप्रति गहिरो समवेदना प्रकट गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?