विद्यार्थीले बनाए चुनावमा गरेका बाचाहरु बिर्सने नेताहरुलाई सम्झाउने ‘एआई कुर्सी’

विद्यार्थीले बनाए चुनावमा गरेका बाचाहरु बिर्सने नेताहरुलाई सम्झाउने ‘एआई कुर्सी’

अर्थ चौतारी

विद्यार्थीले बनाए चुनावमा गरेका बाचाहरु बिर्सने नेताहरुलाई सम्झाउने ‘एआई ...

A A- A+

काठमाडौं । भारतमा एक विद्यार्थीले चुनावमा गरेका बाचाहरु बिर्सने जनप्रतिनिधि वा नेताहरुलाई उक्त बाचा र प्रतिबद्धताहरु सम्झाउन ‘एआई कुर्सी’ बनाएका छन् ।एक भारतीय विद्यार्थी अंशित श्रीवास्तवले बनाएका हुन्, जो गोरखपुरको एक कलेजमा कम्प्युटर विज्ञान प्रथम वर्षका विद्यार्थी हुन्।उनले बनाएको ‘एआई कुर्सी’ ले नेताहरुलाई बस्ने बित्तिकै उनीहरुका वाचाहरु सम्झाइदिन्छ । जनताहरु धेरै आक्रोशित भएमा कुर्सीले जनताको असन्तुष्टिको बारेमा समेत नेताहरुलाई जानकारी गराउने छ । भावी भारतीय प्रधानमन्त्री र मुख्यमन्त्रीलाई ध्यानमा राखेर ‘एआई चेयर’ बनाएको उनले बताएका छन्।समाचार प्रतिवेदनका अनुसार कुर्सीमा रातो र हरियो बत्ती जडान गरिएको छ, जसको सहयोगमा नेताहरूको कामको मूल्याङ्कन हुनेछ । यो मूल्याङ्कन जनता आफैंले गर्नेछन् र उनीहरूलाई सामाजिक सञ्जालमार्फत ‘राम्रो’ वा ‘खराब’ अंक दिइनेछ।अंशितका अनुसार एआई चेयरमा सेन्सर जडान गरिएको छ ।  उनीहरुको सक्रियतासँगै नेताहरुले सङ्केत पाउन थाल्ने छन्। उसको काम कतिले रुचाएका छन् र कति जना उनीप्रति रिसाउँछन् भन्ने कुर्सीबाटै थाहा हुनेछ ।लाखौं लाइक पुगेपछि एआई चेयर सक्रिय हुनेछ । कुर्सीमा बस्ने व्यक्तिले आफ्नो कामको जानकारी र लोकप्रियताको बारेमा पनि थाहा पाउनेछ।एआई कुर्सीमा देशभक्तिको गीत पनि बजाइन्छ र जनता रिसाएपछि यो आफैं हल्लिनेछ। उनले उक्त कुर्सी विद्यार्थीहरुको सहयोगमा भारु ३५ हजार खर्चेर १५ दिनमै तयार पारेका हुन् ।  एआई चेयर बनाउन एन्ड्रोइड स्मार्टफोन, रातो र हरियो इन्डिकेटर, पिन केबल, फाइबर चेयर, पीसीबी बोर्ड, ब्याट्री आदिको प्रयोग गरिएको स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?