मधेसमा कुनै मन्त्री उपस्थित नभएपछि बैठक १० मिनेटका लागि स्थगित

मधेसमा कुनै मन्त्री उपस्थित नभएपछि बैठक १० मिनेटका लागि स्थगित

अर्थ चौतारी

मधेसमा कुनै मन्त्री उपस्थित नभएपछि बैठक १० मिनेटका लागि ...

A A- A+

जगकपुरधाम – मधेस सरकारका कुनै मन्त्री प्रदेशसभा बैठकमा उपस्थित नभएपछि बैठक १० मिनेटका लागि स्थगित भएको छ३ बजेका लागि बोलाइएको बैठक करिब ४ बजे सुरु भएकोमा राष्ट्रगान पश्चात नेपाली कांग्रेसका सांसद विरेन्द्रप्रसाद सिंहले प्रदेशसभा सञ्चालन नियमावली २०७५ को परिच्छेद ३ को नियम ६ को उपनियम ६ बमोजिम सरकारको अनिर्वाय उपस्थिति कायम गरिएकोमा आजको बैठकमा उपस्थित नरहेकाले बैठक स्थगित गर्न माग गरे।सभामुख रामचन्द्र मण्डलले प्रदेशसभाको कार्यसञ्चालन नियमावली २०७५ को परिच्छेद ३ को नियम ६ को उपनियम ६ बमोजिम बैठकमा मधेस सरकारका मन्त्री उपस्थित नभएकाले बैठक स्थगित गरेका हुन्।आज मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने निर्धारण गरेका थिए तर अन्तिम समयमा आएर विरामी भएको भन्दै प्रदेशसभा सचिवालयमा विश्वासको मत सम्बन्धी कार्यसूची हटाउन निवेदन दिएका थिए।मुख्यमन्त्री यादवले विश्वासको मत सम्बन्धी कार्यसूची हटाउन प्रदेशसभा सचिवालयमा पत्र दिएपनि त्यसलाई कार्यसूचीबाट हटाइएको छैन्।प्रदेशसभाको आजको कार्यसूची अनुसार मुख्यमन्त्री यादवले नेपालको संविधानको धारा १८८ को उपधारा (२) र प्रदेशसभा कार्यसञ्चालन नियमावली, २०७५ को नियम १४३ को उपनियम (४) बमोजिम प्रदेशसभाको विश्वासको मत लिन प्रस्ताव प्रस्तुत गर्नुपर्ने कार्यसूची रहेको छ।यस्तै, मुख्यमन्त्री यादवले पेश गरेको प्रस्तावमाथिको छलफल पश्चात मत विभाजनद्वारा निर्णयार्थ प्रस्तुत गनुपर्ने कार्यसूची रहेको छ ।No description available.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?