चितवनमा तीन किलो सुन र ३५ केजी चाँदी चोरी, ४ जना पक्राउ

चितवनमा तीन किलो सुन र ३५ केजी चाँदी चोरी, ४ जना पक्राउ

अर्थ चौतारी

चितवनमा तीन किलो सुन र ३५ केजी चाँदी चोरी, ...

A A- A+

चितवन ।  चितवन कालिका नपा वडा नं ६ खोलेसिमल बजार स्थित एक सुन चाँदी पसलमा चोरी भएको छ ।शनिबार राती करिब ९ बजेको समयमा स्थानीय व्यवसायी  वर्ष ३५ को विनोद सुनारको सुन चाँदी पसल बाट  करिब ३५ केजी चाँदी ३ केजी सुन चोरी भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले चोरले  नगद   दुई लाख  रुपैयाँ समेत चोरेको बताए । उनीहरुले पेस्तोल जस्तो वस्तु देखाएर सुनचाँदी र नगद लुटेर भागेको प्रहरीले जनाएको छ । लुटपाट गर्नेहरुले पसलमा रहेको सीसीटीभीको हार्डडिस्क पनि लगेका छन् ।प्रहरीले लुटपाटमा संलग्न भएको भन्दै ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?