आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति घट्यो ?

आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति घट्यो ?

अर्थ चौतारी

आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति घट्यो ...

A A- A+

काठमाडौँ- नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। निगमले पेट्रोलमा प्रतिलिटरको तीन र डिजेल तथा मट्टितेलमा प्रतिलिटरको एक रुपैयाँले मूल्य घटाएको हो।अब पेट्रोलको मूल्य पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा लिटरको १ सय ६२ रुपैयाँ ५० पैसा, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा १ सय ६४ रुपैयाँ र तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा १ सय ६५ रुपैयाँ कायम भएको छ।निगमले डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गअन्तर्गतका ठाउँमा १ सय ४० रुपैयाँ ५० पैसा, दोस्रो वर्गअन्तर्गत १ सय ५१ रुपैयाँ र तेस्रो वर्गअन्तर्गत एक ५२ रुपैयाँ कायम गरेको छ।  निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?