काठमाडौँ । १ लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जनालाई नियन्त्रणमा लिएको छ । कारागार कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा कार्यरत कारागार प्रशासक (शाखा अधिकृत) विनोद कुमार दत्तलेलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।सेवा सुविधा दिन सहजीकरण गरिदिने भन्दै घुस मागेको उजुरीका आधारमा दत्तलाई आइतबार कारागार प्रशासकको निवासबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ । यस्तै उनको साथबाट स्रोत नखुलेको थप पचास हजार रुपैयाँसमेत बरामद गरिएको अख्तियारको भनाइ छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच