काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट त्रिशूलीमा खसेर बेपत्ता दुई वटा डिलक्स बस र यात्रु खोज्न हात्ती सहितको टिम परिचालन गरिएको छ ।
नारायणी नदी किनारमा हात्ती सहितको टिम परिचालन गरेर खोजी भइरहेको नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले रातोपाटीलाई बताए । हात्तीलाई परिचालन गरेर चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रको नदी किनारमा खोजी भइरहेको छ ।
नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका–७ स्थित ब्यारेज पुल, मध्यबिन्दु नगरपालिका–२ स्थित भुताहा र गैँडाकोट नगरपालिका लगायतका ठाउँमा १५ जनाको शव फेला परेको छ । अहिलेसम्म १८ जनाको शव भेटिएको र ७ जनाको सनाखत गर्ने प्रयास भइरहेको प्रजिअ पोखरेलले बताए ।
प्रमुख जिल्ला अधिकारी पोखरेलसहित नवलपरासी पूर्वका सुरक्षा प्रमुखहरू खोजमा निस्किएका छन् । खोजीमा सेनाको डुङ्गा र निजी डुङ्गाहरू पनि प्रयोग गरिएको छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच