देश विकास हुनबाट रोक्न कांग्रेसले ‘स्यालहुँइया’ मच्चायोः ओली

देश विकास हुनबाट रोक्न कांग्रेसले ‘स्यालहुँइया’ मच्चायोः ओली

अर्थ चौतारी

देश विकास हुनबाट रोक्न कांग्रेसले ‘स्यालहुँइया’ मच्चायोः ओली

A A- A+

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा विकास हुन नदिन नेपाली कांग्रेसले ‘स्यालहुँइया’ मच्चाएको आरोप लगाएका छन्।बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेकपा एमालेलाई देशका लागि काम गर्न नदिनका लागि कांग्रेसले एमालेमाथि आक्रमण गरिरहेको बताए।उनले राम्रा काम गर्न नदिन अनर्गल प्रचार गरिरहेको बताए। उनले पशुपतिमा एक सय ८ केजी सुन भनेर पित्तल चढाए, कम्बोडियामा ३ हजार करोड टेलिकममा लगानी छ भन्नेहरु कता गए भन्दै प्रश्नसमेत गरे।उनले अहिले गिरिबन्धु टि–स्टेटका बारेमा गलत प्रचार गरेर स्यालहुँइया मच्चाइरहेको बताए। कानुन, नियमबिना बलजफ्ती बिक्री गरेर गिरिबन्धु टि–स्टेटको जग्गा बेचेकाहरु अहिले खान नपाएको रिसले कराइरहेको उनको अरोप छ।उनले वैचारिक संघर्ष गर्न नसक्नेहरुले एमालेमाथि प्रहार गरिरहेको आरोप लगाए। अध्यक्ष ओलीले एमालेभित्र एकताका लागि ठाउँ रहेको भन्दै फाटो, विभाजन र गुटबन्दीका लागि ठाउँ नरहेको बताए।उनले मिसन ०८४ देशको राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्‍याएर देशको विकास गर्नका लागि रहेको जिकिर गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?