माओवादीले भ्रम छर्दैछ, समावेशितामा कुनै सम्झौता नगरी संविधान संशोधन हुन्छः कांग्रेस प्रवक्ता

माओवादीले भ्रम छर्दैछ, समावेशितामा कुनै सम्झौता नगरी संविधान संशोधन हुन्छः कांग्रेस प्रवक्ता

अर्थ चौतारी

माओवादीले भ्रम छर्दैछ, समावेशितामा कुनै सम्झौता नगरी संविधान संशोधन ...

A A- A+

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले समावेशितामा सम्झौता नहुने गरी संविधान संशोधन हुने प्रष्ट्याएका छन।

बुधबार बीपी चिन्तन प्रतिष्ठानले जनकपुरधाममा आयोजना गरेको ‘नेपालमा कृषि क्रान्ति सम्भावना र चुनौती’ विषयका गोष्ठीमा उनले कांग्रेस-एमालेबीचको ७ बुँदे सम्झौतामा एउटा संविधान संशोधन पनि रहेको उल्लेख गर्दै समावेशितालाई कमजोर गर्ने गरी संविधान संशोधन नहुने प्रतिबद्धता जनाए ।

नेकपा माओवादी केन्द्रले जनताको अधिकार खोस्नलाई संविधान संशोधनको कुरा गरेको भनेर भ्रम छरिरहेको महतको टिप्पणी छ । क्षेत्र आरक्षण गरेर प्रत्यक्ष निर्वाचनमार्फत पनि समावेशिता ल्याउन सकिने उनले बताए ।

महतले भने, ‘खासगरी माओवादीले यसलाई जनताको अधिकार खोस्नलाई संविधान संशोधनको कुरा गरिरहेको छ, समावेशितालाई कमजोर गर्न भनेर गरिरहेको छ । गलत भाष्य, जनतामा भ्रम फैल्याउने कोसिस भएको छ । यो कदापि होइन । समावेशितामा कुनै कम्प्रमाइज हुँदैन । कुनै सम्झौता हुँदैन । निर्वाचन पद्धतिमा परिवर्तन गरेर एउटै दलले बहुमत ल्याउने व्यवस्था गर्ने हो भने यसले स्थिरता दिन्छ । प्रत्यक्ष निर्वाचनमार्फतबाट पनि समावेशिता ल्याउन सकिन्छ । यहाँ महिला-महिलाको बीचमा, दलित-दलितको बीचमा क्षेत्र आरक्षण गरेर प्रत्यक्षबाटै ल्याउन सकिन्छ । यसरी हामी एउटै दलको बहुमत आउनसक्ने परिस्थिति पनि हुने र समावेशिता पनि कायम हुने गरी अघि बढ्नेछौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?