बुटवल । कपिलवस्तुमा बस र भ्यान ठोक्किंदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् ।दुर्घटनामा कपिलवस्तुको शिवराज नगरपालिकाका हिरालाल बढईको मृत्यु भएको प्रहरीले जनाएको छ ।काठमाडौंबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ ख ०५२५ नम्बरको बस र लु१च ९२८४ नम्बरको भ्यान बुद्धभूमि नगरपालिका झडुलामाईमा एक आपसमा ठोक्किंदा भ्यानमा सवार बढईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक महेन्द्र विक्रम शाहीले बताए ।बसले ठक्कर दिंदा भ्यानमा च्यापिएका बढइको २ घण्टापछि उद्धार गरिएको थियो । उद्धारमा ढिलाइ हुँदा उनको मृत्यु भएको स्थानीयको आरोप छ ।घाइते ८ जनालाई उपचारको लागि बुटवल ल्याइएको छ ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच