उपनिर्वाचनको नतिजाले हौसियो माओवादी, ०८४ को चुनाव एक्लै लड्नेगरि तयारी थाल्ने निर्णय

उपनिर्वाचनको नतिजाले हौसियो माओवादी, ०८४ को चुनाव एक्लै लड्नेगरि तयारी थाल्ने निर्णय

अर्थ चौतारी

उपनिर्वाचनको नतिजाले हौसियो माओवादी, ०८४ को चुनाव एक्लै लड्नेगरि ...

A A- A+

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले हालैको उपनिर्वाचनले माओवादीले बोकेको एजेण्डा जनताबाट अनुमोदित भएको निष्कर्ष निकालेको छ ।

बिहीबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको पदाधिकारीको बैठकले उपनिर्वाचनमा जनताले माओवादीले बोकेका एजेण्डा जनताले स्वीकार गरेको निष्कर्ष निकालेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

बैठकले आगामी ०८४ सालको निर्वाचन एक्लै लड्ने गरि यसअघि नै गरेको निर्णय कार्यान्वयनको लागि गाउँतहसम्म काम गर्ने निर्णय गरेको सापकोटाले बताए । सापकोटाले अब सबै तयारी २०८४ को चुनाव जित्नका लागि’ गर्ने बताए । त्यसका लागि पार्टी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले थालेको सुशासनको अभियानलाई जनतासम्म लैजाने, पालिका अधिवेशन र खबरदारी सभामा नेतृत्व केन्द्रित रहने उनले जानकारी दिए ।

सापकोटाले भने ‘अबको सबै तयारी भनेको २०८४ को चुनाव जित्नका लागि हो । अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले थालेको सुशासनको अभियानलाई जनतासम्म लैजान्छौं । हामी बीचमा केही समय अलमलिए पनि अब जनता र हाम्रो मन एकै ठाउँमा भएको जस्तो लागेको छ’ ।

गत आइतबार भएको स्थानीय तहको उपनिर्वाचनमापार्टीले राम्रो नतिजा ल्याएपछि माओवादी केन्द्र उत्साहित बनेको छ । ४१ पदमा भएको उपनिर्वाचनमा माओवादीले एक पालिका अध्यक्ष, २ उपाध्यक्ष तथा एक नगर उपप्रमुख र ७ वडा जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?