जातीय विभेद रोक्ने मन्त्री भाटको अठोट, आचारसंहिता निर्माण समिति गठन

जातीय विभेद रोक्ने मन्त्री भाटको अठोट, आचारसंहिता निर्माण समिति गठन

अर्थ चौतारी

जातीय विभेद रोक्ने मन्त्री भाटको अठोट, आचारसंहिता निर्माण समिति ...

A A- A+

कैलाली ।  सुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त सामाजिक विकास मन्त्री ओमविक्रम सरल भाटले जातीय छुवाछुत र महिला हिंसा नियन्त्रणका लागि आचार संहिता निर्माण गर्ने निर्णय गरेका छन् ।पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै सार्वजनिक निकायहरूमा अझै पनि जातीय छुवाछुत तथा महिलाहरूमाथि विभेद र यौनजन्य हिंसा भइरहेकाले नियन्त्रण गर्न आचार संहिता बनाउने निर्णय गरेका हुन् ।सुदूरपश्चिमका शिक्षा, स्वास्थ्य लगायतका सरकारी कार्यालय र सबै सार्वजनिक स्थललाई जातीय भेदभाव तथा छुवाछुत मुक्त र महिलामाथि हुने विभिन्न प्रकारका हिंसा र विभेदजन्य कार्यहरूलाई नियन्त्रण गर्ने सम्बन्धि आचार संहिता निर्माण गरिने निर्णयमा उल्लेख गरिएको छ । त्यसका लागि मन्त्रालयका कानुन अधिकृत दानबहादुर सुनार संयोजक रहने गरी तीन सदस्यीय आचार संहिता निर्माण समिति समेत बनाइएको छ ।सरकारले २०६८ मा जातीय विभेद तथा छुवाछुत (दण्ड र सजाय) बनाएर लागू गरि सकेको छ । सुदूरपश्चिम प्रदेश सरकारले पनि जातीय विभेद र छुवाछुत रोकथामका लागि कानुन बनाई सकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?