वाशिङटन डीसी । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बनेको तीन दिन पनि बितेको छैन । नोभेम्बरमा हुने निर्वाचनमा उनले जित हात पारिन् भने यो अमेरिकी इतिहासको अति नै दुर्लभ घटना हुनेछ । अहिलेसम्म अमेरिकाको २ सय वर्ष पुरानो इतिहासमा सत्तासीन ४ उप–राष्ट्रपतिले मात्रै राष्ट्रपतिको निर्वाचन जितेका छन् । अमेरिकामा अहिलेसम्म १५ जना उपराष्ट्रपति राष्ट्रपति बनेका थिए । तर ८ जनाले सत्तासीन राष्ट्रपतिको निधन भएपछि सो जिम्मेवारी सम्हालेका थिए । वर्तमान राष्ट्रपति जो बाइडसमेत २ जना अन्य प्रशासनमा काम गरेपछि राष्ट्रपति निर्वाचित भए । एक जनाले राष्ट्रपतिले राजीनामा दिएपछि सो जिम्मेवारी सम्हालेका थिए । जोन एडम्स, थोमस जेफर्सन, मार्टिन भान बरेन र जर्ज डब्ल्यू बुश मात्रै अमेरिकी इतिहासका त्यस्ता राष्ट्रपति हुन्, जो राष्ट्रपतिको निर्वाचनमा विजय हासिल गर्नु अघि सत्तासीन उपराष्ट्रपति थिए ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच