काठमाडौं – नेकपा एकिकृत समाजवादीका संसदीय दलका नेता दिर्घ सोडारी मुख्यमन्त्री नियुक्त भएको डेढ महिनापछि सुदूरपश्चिममा सरकार विस्तार हुने संकेत देखिएको छ । सुदूरपश्चिम सरकार विस्तारबारे प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएपछि सरकार विस्तार हुने संकेत देखिएको हो ।
माओवादी केन्द्रले सरकारमा जाने मन्त्रीको नाम बुझाउने तयारी गरेपनि एमालेमा भने सरकारमा जाने वा नजाने भन्नेमा अन्यौल कायम रहेको नेताहरु बताउँछन् । हाल मुख्यमन्त्रीबाहेक नागरिक उन्मुक्ति पार्टीका दुईजना मन्त्री छन् । माओवादी केन्द्रका सभामुख बाहेक सुदूरपश्चिममा १० जना सांसद छन् । वालुवाटार स्रोतका अनुसार सुदूरपश्चिम सरकारमा माओवादीबाट ओमविक्रम भाट र अक्कल रावल मन्त्री बन्नेछन् ।
भाट कञ्चनपुर र रावल अछामबाट प्रत्यक्ष निर्वाचित सांसद हुन । स्रोतका अनुसार माओवादीले पाउने सामाजिक विकास मन्त्रालयमा भाट र वन,पर्यटन र उद्योग मन्त्रालयमा रावललाई पठाउने तयारी छ । माओवादीले आजै मुख्यमन्त्रीलाई मन्त्रीको नाम पठाउने तयारी भएको एक प्रदेशसभा सदस्यले जानकारी दिए । माओवादीले अर्थ मन्त्रालयमा दाबी गरेपनि एमालेले समेत अर्थमै दाबी गरेपछि माओवादी पछि हटेको बताइएको छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच