सुनसहित विमानस्थलबाट ४ जना पक्राउ

सुनसहित विमानस्थलबाट ४ जना पक्राउ

अर्थ चौतारी

सुनसहित विमानस्थलबाट ४ जना पक्राउ

A A- A+

काठमाडौं । सुनसहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट चार जना पक्राउ परेका छन् ।पक्राउ पर्नेहरूमा मोरङ केराबारी गाउँपालिका–९ बस्ने ३१ वर्षीय सरोज कोइराला, रौतहट कटहरिया नगरपालिका–६ बस्ने २४ वर्षीय मोहम्मद इन्तेयाज आलम, सप्तरी सुरुङ्‍गा नगरपालिका–५ बस्ने २१ वर्षीय मोहमद अरमान र सप्तरी खडक गरपालिका–६ बस्ने ३७ वर्षीय ज्याउदिन मिया रहेका छन । उनीहरुलाई दुई फरक–फरक घटनामा प्रहरीले पक्राउ गरेको हो ।भन्सार छली अवैध रूपमा संकलन गरी लैजान लागेको करिब २५ ग्राम सुनको सिक्रि, करिब ६९ ग्राम ९९ मिलिग्राम सुनको काँचो डल्लोसहित कोइराला र आलमलाई प्रहरीले पक्राउ गरेको हो ।कतार एयर उडानद्वारा नेपाल आएका कोइरालाले भन्सार छली ल्याएको उक्त धातु आलमलाई दिने क्रममा विमानस्थलको पार्किङ एरियाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।त्यसैगरी ५० ग्राम सुनको सिक्रिसहित अरमान र मियालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।कतार एयरको उडानद्वारा दोहाबाट नेपाल आएका ज्याउदिनले भन्सार छली ल्याएको सुनको सिक्रि अरमानलाई दिने पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?