राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर एकजनाको मृत्यु

राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर एकजनाको मृत्यु

अर्थ चौतारी

राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर एकजनाको मृत्यु

A A- A+

तुलसीपुर । राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ ।

 

इलाका प्रहरी कार्यालय भालुवाङका अनुसार दाङ राप्ती गाउँपालिका–२ बराखुट्टी निवासी ४० वर्षीय सनबहादुर पुनको मृत्यु भएको हो ।

 

शीतगङ्गा नगरपालिका–८ को बडिदमार भन्ने स्थानमा शनिबार  साढे ४ बजेतिर जाल हानेर माछा मार्ने क्रममा नदीमा डुबेर बेपत्ता भएका थिए । उनको शव ५० मिटर तल फेला परेको मृतकका भिनाजु रामबहादुर घर्तीले बताए । पुनको शव परीक्षणका लागि लमही अस्पताल राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?