शिक्षामन्त्री सुमना श्रेष्ठलक्षित अभिव्यक्तिमा ओलीले दिए प्रष्टीकरण

शिक्षामन्त्री सुमना श्रेष्ठलक्षित अभिव्यक्तिमा ओलीले दिए प्रष्टीकरण

अर्थ चौतारी

शिक्षामन्त्री सुमना श्रेष्ठलक्षित अभिव्यक्तिमा ओलीले दिए प्रष्टीकरण

A A- A+

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीसमेत रहेकी रास्वपा सांसद सुमना श्रेष्ठलाई लक्षित गरी दिएका अभिव्यक्तिमा सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रष्टीकरण दिएका छन्। चितवनको भरतपुर विमानस्थलमा शुक्रबार पत्रकारहरूसँगको कुराकानीमा अध्यक्ष ओलीले आफूले बोलेको कुरा अनावश्यक ढंगले शिक्षा मन्त्री श्रेष्ठसँग जोडिएको बताए। ‘त्यो कसैसँग सम्बन्धित छैन, संयोगले कसैसँग कुनै नाम मिले जस्तो, ठेगाना मिलेजस्तो पनि लाग्दैन मलाई, त्यसलाई अनावश्यक ढंगले जोड्नु व्यर्थ छ,’ अध्यक्ष ओलीले भने।ओलीले शिक्षा मन्त्री श्रेष्ठप्रति लक्षित गर्दै विदेशीसँग विवाह गरेर नेपाल घुम्न आएको बेलामा मन्त्री बनेको भन्ने अभिव्यक्ति दिएका थिए। त्यसबारे बुधबार मन्त्री श्रेष्ठले सामाजिक सञ्जालमार्फत् प्रतिवाद समेत गरेकी थिइन्।ओलीप्रति लक्षित गर्दै श्रेष्ठले महिलालाई हेर्ने मानसिकता विकराल रहेको बताएकी थिइन्।ओलीले दिएका अभिव्यक्तिप्रति रास्वपा सांसद शिशिर खनालले प्रतिनिधि सभा बैठकमै कुरा राखेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?