काठमाडौँ । हालसम्म आईसीसी टी–२० विश्वकपको आठवटा संस्करण सम्पन्न भइसकेको छ । टी–२० विश्वकपको इतिहासमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान भारतका विराट कोहली हुन् । विराटले सन् २०१२ मा पहिलो पटक टी–२० विश्वकप खेलेका थिए ।त्यसयता उनले टी–२० विश्वकपमा २८ खेल खेलिसकेका छन् । २८ खेलको २६ पालीमा उनले कुल एक हजार एक सय ४२ रन बनाएका छन् । यस क्रममा उनले १४ वटा अर्धशतक पनि बनाएका छन् । टी–२० विश्वकपमा उनको उच्च स्कोर अविजित ८९ रन हो । टी–२० विश्वकपमा उनको स्ट्राइक रेट १३१.३० रहेको छ ।टी–२० विश्वकपमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा दोस्रो स्थानमा श्रीलङ्काका माहेला जयाबद्र्धने छन् । उनले सन् २००७ देखि सन् २०१४ सम्म टी–२० विश्वकप खेलेका थिए । उनले टी–२० विश्वकपमा कुल एक हजार १६ रन बनाएका छन् ।यस क्रममा जयाबद्र्धनेले एक शतक र ६ वटा अर्धशतक पनि बनाएका छन् । टी–२० विश्वकपमा उनको उच्च स्कोर भने एक सय रन हो । टी–२० विश्वकपमा जयाबद्र्धनेको स्ट्राइक रेट भने १३४.७४ रहेको छ ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच