ओयार्जाबलको ह्याट्रिक, स्पेनको गोल वर्षा

ओयार्जाबलको ह्याट्रिक, स्पेनको गोल वर्षा

अर्थ चौतारी

ओयार्जाबलको ह्याट्रिक, स्पेनको गोल वर्षा

A A- A+

मड्रिड । मिकेल ओयार्जाबलको ह्याट्रिकको मद्दतले स्पेनले एन्डोर्रामाथि गोल वर्षा गरेको छ । बुधबार राति भएको मैत्रीपूर्ण खेलमा स्पेन ५–० गोलले विजयी बनेको हो ।खेलमा एयोजे पेरेजले टोलीलाई अग्रता दिलाएका थिए । उनले २४ औँ मिनेटमा गोल गरे । त्यसपछि पहिलो हाफमा कुनै गोल हुन सकेन ।दोस्रो हाफमा भने स्पेनले गोल वर्षा गर्‍यो । २० मिनेटको अन्तरमा ओयार्जाबलले तीन गोल थप्दै ह्याट्रिक पूरा गरे । ८१ औँ मिनेटमा फेरान टोरेसले टोलीका लागि पाँचौँ गोल गरे ।स्पेन यूरो २०२४ मा समूह बीमा रहेको छ । ग्रुप अफ डेथ मानिएको यो समूहमा क्रोएसिया, इटाली र अल्बानिया रहेका छन् । स्पेनले जुन १५ मा क्रोएसियाको सामना गर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?