जनमतका सतिश सिंह मधेसको मुख्यमन्त्री बन्दै

जनमतका सतिश सिंह मधेसको मुख्यमन्त्री बन्दै

अर्थ चौतारी

जनमतका सतिश सिंह मधेसको मुख्यमन्त्री बन्दै

A A- A+

जनकपुरधाम- जनमत पार्टीका सांसद सतिश सिंह मधेस प्रदेशको मुख्यमन्त्री बन्ने भएका छन्।जनता समाजवादी पार्टी नेपाल नेतृत्वको सरकार बुधबार ढलेपछि मधेसको तेस्रो मुख्यमन्त्रीको रूपमा सिंह मुख्यमन्त्री बन्न लागेका हुन्।जनमत पार्टीका प्रवक्ता डा. सरद सिंह यादवले सिंहलाई मधेसको मुख्यमन्त्रीमा पठाउने निर्णय भएको बताए।जनमत पार्टीको नेतृत्वमा नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सरकार बनाउन लागेको हो।जनमतका संसदीय दलका नेता महेश प्रसाद यादव भए पनि सिंहलाई मुख्यमन्त्री बनाउन लागिएको हो।सिंह यसअघि २०७४ मा तत्कालीन राजपा पार्टीबाट तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्षको रूपमा निर्वाचित भएका थिए।गत स्थानीय तहको निर्वाचनमा लोसपाबाट चुनाव लडेपनि पराजित भएका थिए। प्रदेशसभाको निर्वाचनमा भने उनी जनमतबाट निर्वाचित भए। उनी लोसपाको राष्ट्रियसभा सदस्य शेखर सिंहका छोरा हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?