काठमाडौँ। स्वास्थ्य मन्त्रालयले डेङ्गी संक्रमण नियन्त्रण गर्न डेङ्गी सचेतना राष्ट्रिय अभियान घोषणा गरेको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच स्वास्थ्य मन्त्री प्रदीप पौडेलले डेङ्गी नियन्त्रण गर्नका लागि श्रावण महिनालाई डेङ्गी सचेतना महिनाका रुपमा राष्ट्रिय अभियान सञ्चालन गर्ने घोषणा गरेका हुन् । डेङ्गी सचेतना राष्ट्रिय अभियान घोषणा गर्दै स्वास्थ्य मन्त्री पौडेलले श्रावण महिनाबाट डेङ्गी संक्रमणको जोखिम हुने भएकाले सचेतना अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए ।
डेङ्गी संक्रमणबाट आम नागरिकलाई जोगाउने दायित्व सरकारको भएकाले त्यसलाई पुरा गर्न डेङ्गी सचेतनाबाहेक अरु कुनै बिकल्प नरहेको उनले बताए । मन्त्री पौडेलले लामखुट्टे र लार्भा उत्पादन हुने आधारलाई नष्ट गर्न अवको चार महिना सवै नागरिकका साथै निकायहरु सजक हुनुपर्ने धारणा राखे । डेङ्गी सचेतना राष्ट्रिय अभियान कार्यान्वयनको बिषय सरकारको मात्रै समाजको पनि भएकाले सवै एक भएर डेङ्गीमा केन्द्रीत हुनुपर्नेमा उनले जोड दिए ।
डेंगी संक्रमण भदौदेखि कात्तिकसम्म उच्च रहने स्वास्थ्य मन्त्रालयले जनाएको छ । सन् २०२४ मा विश्वभर १ करोड ४० लाखभन्दा बढी व्यक्तिहरूमा डेङ्गी संक्रमण भएको र ११ हजारभन्दा बढीको मृत्यु भएको स्वास्थ्य सेवा विभागले जनाएको छ । मन्त्रालयका अनुसार चालू आर्थिक बर्षमा मात्रै नेपालमा ५० हजारभन्दा बढी डेङ्गी संक्रमित भएका छन् ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच