काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले वर्तमान सरकार ढल्ने आशंका नगर्न आग्रह गरेका छन् ।बिहीबार प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको छलफलमा बोल्दै उनले प्रतिपक्षी दलहरूले सरकार ढल्ने आशंका गरेको भन्दै त्यस्तो आशंका नगर्न आग्रह गरेका हुन् ।बर्तौला अगाडि बोलेका कांग्रेस महामन्त्री गगन थापाले सरकार स्थिर नहुँदा बजेटमा आएका कार्यक्रमको अपनत्व कसले लिन्छ भन्नेमा संशय रहेको बताएका थिए । बजेटको धेरै विरोध गर्दा निश्चित समयपछि आफैँले बोक्नुपर्ने हो कि भनेर टिप्पणी गरेका थिए ।‘यो बजेटमा यो पनि छैन, त्यो पनि छैन, यो पनि मिल्दैन, त्यो पनि मिल्दैन भनेर बोल्नुपर्ने हो । त्यसरी बोलौं यति उथलपुथल भएको छ यो संसदमा ६/८ महिनापछि आफैंले काँध हाल्नुपर्ने हो कि फेरि ! आफ्नै बजेट गलपासो हुने हो कि फेरि !’ महामन्त्री थापाले भनेका थिए ।जवाफमा एमाले प्रमुख सचेतक बर्तौलाले सांसदहरूलाई सैद्धान्तिक रूपमा आफूलाई लागेको विषय राख्न पार्टीले भनेको बताए । सैद्धान्तिक रूपमा राखेका सुझावका आधारमा बजेट नै पास हुँदैन कि, सरकार ढल्छ कि भन्ने आशंका नगर्न आग्रह गरे ।‘म भन्न चाहन्छु– यो सत्ता समीकरण त्यति कमजोर डोरीबाट बनेको छैन,’ बर्तौलाले अगाडि थपेका छन्, ‘… माननीयज्यूहरूले पशुपतिमा जुन प्रकारले धूप–अक्षता गरेर यो सरकार आजै ढलोस्, भोलि ढलोस् जे चाहिरहनुभएको छ । सामान्य केही सुझाव राख्ने बित्तिकै ढलिहाल्छ भने कोणबाट, अन्तिममा मेरै काँधमा आइहाल्छ भन्ने जे आशंका गर्नुभएको छ । त्यहाँसम्म पुग्ने परिस्थिति छैन ।’वर्तमान सत्ता समीकरण बलियो डोरीबाट बाँधिएको, एउटा विश्वासका साथ अगाडि बढ्ने संकल्प लिएर अगाडि बढिरहेको उनको दाबी छ ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच