कैलाली । कैलालीमा मध्यरातमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका–४ भालुफाँटा स्थित पूर्व–पश्चिम राजमार्गमा म.प्र.०३–००२ ख ००११ नम्बरको ट्रक र सुदूरपश्चिम प्रदेश ०१–०११ प ४४४३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक घोडाघोडी नगरपालिका–१ का २३ वर्षीय कमल तिरुवाको मृत्यु भएको हो ।ट्रक र मोटरसाइकल मङ्गलवार राति करिब ११ः५५ बजेको समयमा एक आपसमा ठोक्किएका थिए । उक्त दुर्घटनामा गम्भीर घाइते भएका तिरुवाको राति नै उपचारको क्रममा धनगढीमा स्थित एक निजी अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडले जानकारी दिएको छ ।अहिले स्थानीयहरूले आन्दोलन गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेको र उक्त सडक सुचारु गर्ने तयारी भइरहेको इलका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक दीपेन्द्र कुमार पालले जानकारी दिए ।

उक्त दुर्घटनाहरू भन्दा अघिल्लो रात पनि सोही ठाउँ नजिकै स्थानीय नरबहादुर धामीको दुर्घटनामा पनि मृत्यु भएको थियो ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच