प्रधानमन्त्री ओलीलाई पूर्वमन्त्री सुमनाको सुझावः ‘अमेरिका जानुअघि कृषि तथा वन विज्ञान विश्वविद्यालयको समस्या समाधान गरेर जानुहोला’

प्रधानमन्त्री ओलीलाई पूर्वमन्त्री सुमनाको सुझावः ‘अमेरिका जानुअघि कृषि तथा वन विज्ञान विश्वविद्यालयको समस्या समाधान गरेर जानुहोला’

अर्थ चौतारी

प्रधानमन्त्री ओलीलाई पूर्वमन्त्री सुमनाको सुझावः ‘अमेरिका जानुअघि कृषि तथा ...

A A- A+

काठमाडौं, २५ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ एवं प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठले अमेरिका जानुअघि कृषि तथा वन विज्ञान विश्वविद्यालयको समस्या समाधान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएकी छन् । आज (मंगलबार) प्रतिनिधि सभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीलाई यस्तो सुझाव दिएकी हुन् ।

त्यस्तै, उनले असोज ३ गतेसम्म काठमाडौं नछाड्न एमालेले सांसदहरुलाई निर्देशन दिएको भन्दै उनले दु्ई तिहाइको सरकारले प्रशासन, विद्यार्थी, शिक्षकहरुमा हुने दलगत राजनीतिलाई खारेज गर्नुपर्ने बताईन् ।

‘अमेरिका जानु अगाडि कृषि तथा वन विज्ञान विश्वविद्यालयको समस्या समाधान गरेर गइदिनुहोला । असोज ३ सम्म आफ्ना सांसदहरुलाई काठमाडौंमै बस्नु भनेर उर्दी जारी गर्नुभएको रहेछ । दुई तिहाइको बलले जनताको समस्या समाधान गर्नुस् भनेर माग गर्न चाहन्छु । प्रशासन, विद्यार्थी, शिक्षकहरुमा हुने दलगत राजनीति दुई तिहाइको सरकारले त्यति चाहीँ दम राखेर खारेज गरिदिनुहोला,’– उनले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?