एक्जिट पोलबारे आप सांसद : यो साँचो भयो भने कपाल खौरिनेछु

एक्जिट पोलबारे आप सांसद : यो साँचो भयो भने कपाल खौरिनेछु

अर्थ चौतारी

एक्जिट पोलबारे आप सांसद : यो साँचो भयो भने ...

A A- A+

नयाँ दिल्ली । दिल्लीमा आम आदमी पार्टी (आप)का विधायक र नयाँ दिल्ली लोकसभा सिटका उम्मेदवार सोमनाथ भारतीले एक्जिट पोल सार्वजनिक भएपछि नरेन्द्र मोदी तेस्रो पटक भारतको प्रधानमन्त्री भएमा आफ्नो कपाल खौरिने बताएका छन्। सोसल मिडिया प्लेटफर्म एक्समा पोस्ट गर्दै भारतीले भने, ‘मेरो शब्दहरू लेखेर होस्।’ भारतीले भने, ‘जुन ४ मा सबै एक्जिट पोल गलत साबित हुनेछन् र मोदीजी तेस्रो पटक देशको प्रधानमन्त्री बन्ने छैनन् ।’  भारतीले दिल्लीका सबै सात सिटमा इन्डिया गठबन्धनले जित्ने दाबी गरे । भारतीले प्रधानमन्त्री नरेन्द्र मोदीको डरले उनलाई एक्जिट पोलमा हारेको नदेखाएको पनि दाबी गरेका छन् । भारतीले भने, ‘त्यसैले हामी सबैले जुन ४ गते वास्तविक नतिजा पर्खनुपर्छ ।’ शनिबार सातौँ चरणको मतदान सकिएपछि जारी गरिएका अधिकांश एक्जिट पोलमा भाजपा गठबन्धनले ३५० वा सोभन्दा बढी सिट प्राप्त गरेको देखिन्छ। सरकार बनाउन लोकसभामा कम्तीमा २७२ सिट चाहिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?