चन्द्रमाको दक्षिणी ध्रुवमा चिनियाँ मानवरहित यान अवतरण

चन्द्रमाको दक्षिणी ध्रुवमा चिनियाँ मानवरहित यान अवतरण

अर्थ चौतारी

चन्द्रमाको दक्षिणी ध्रुवमा चिनियाँ मानवरहित यान अवतरण

A A- A+

काठमाडौं । चीनले मानवरहित अन्तरिक्ष यान पृथ्वीबाट नदेखिने चन्द्रमाको एउटा भागमा पहिलो पटक अवतरण गरेको जनाएको छ । यसअघि चन्द्रमाको उक्त क्षेत्रमा जान कसैले पनि जान प्रयास गरेका थिएनन् ।चाइना नेसनल स्पेस एडमिनिस्ट्रेसन (सीएनएसए) द्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बेइजिङको समय अनुसार बिहान ६:२३ मा चाङ–इ–६ विमान चन्द्रमाको दक्षिणी ध्रुव नजिकै आइटकेन बेसिनमा अवतरण गर्न सफल भएको छ ।’मे ३ बाट चीनले सुरु गरेको यो अभियानको उद्देश्य चन्द्रमाको यस भागबाट चट्टान र माटो संकलन गरी पृथ्वीमा ल्याउनु हो।चन्द्रमाको सबैभन्दा पुरानो चट्टानहरू संकलन गर्न कामयाव यो सफलता ऐतिहासिक रहेको टिप्पणी भइरहेको छ । चन्द्रमाको दक्षिणी ध्रुवमा अन्तरिक्ष यान अवतरण गर्न सफल हुने चीन विश्वको पहिलो राष्ट्र बनेको हो ।चन्द्रमाको दक्षिणी ध्रुवमा अवस्थित एउटा ठूलो क्रेटरमा चिनियाँ मानवरहित अन्तरिक्ष यान अवतरण भएको हो ।सीएनएनले चन्द्रमामा अन्तरिक्ष यात्रीहरू राख्ने देशको आकांक्षालाई अगाडि बढाउने चीनको महत्वाकांक्षी अभियानको लागि महत्वपूर्ण सफलता भनेको छ । एक प्रमुख अन्तरिक्ष शक्ति बन्ने चीनको चाहनामा यो एक कोषेढुंगा बन्ने उसले टिप्पणी गरेको छ ।चन्द्रमाको सुदूर छेउमा सफलतापूर्वक पुग्ने अभियानलाई चीनले पहिलो पटक सन् २०१९ मा चाङ’ई-४ यान पठाएर सुरु गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?