काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पुरानो कार्यकारिणी समितिको बैठक बोलाएका छन् । पदाधिकारी चयनलगायतका विषयमा परामर्शका लागि सो बैठक १ बजेको लागि बोलाइएको बताइएको छ ।जनकपुरमा सम्पन्न महाधिवेशनले पदाधिकारीसहितको केन्द्रीय समिति बनाउने जिम्मेवारी अध्यक्ष यादवलाई दिएको छ । केन्द्रीय समिति बनाउनका लागि अध्यक्ष उपेन्द्र यादवले व्यक्तिगत परामर्श गरिसकेका छन् । आज सामूहिक रूपमा छलफलका लागि पुरानो केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइएको जसपा नेपालका नेता विजय यादले बताए ।आजको बैठकमा छलफलपछि अध्यक्ष यादवले पदाधिकारीसहितको केन्द्रीय समिति सार्वजनिक गर्ने बताइएको छ ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच