आईसीसी टी-२० विश्वकप क्रिकेट शुरु हुँदै

आईसीसी टी-२० विश्वकप क्रिकेट शुरु हुँदै

अर्थ चौतारी

आईसीसी टी-२० विश्वकप क्रिकेट शुरु हुँदै

A A- A+

काठमाडौँ । आईसीसी टी-२० विश्वकप क्रिकेट शनिबार शुरु हुँदैछ । अंग्रेजी पात्रोअनुसार जुन १ मा हुने उद्घाटन खेल शुरु हुँदा नेपालमा भने आइतबार बिहानको सवा ६ बजेको हुनेछ। अमेरिका र वेष्ट इण्डिजको संयुक्त आयोजनामा हुने विश्वकप क्रिकेटको पहिलो खेलमा समूह एमा रहेको घरेलु टोली अमेरिका र क्यानडाबीच प्रतिस्पर्धा हुनेछ। उद्घाटन खेल डल्लासको ग्राण्ड प्रेरी स्टेडियममा शुरु हुनेछ। जुन १ देखि जुलाई १ सम्म एक महिना चल्ने प्रयोगितामा २० टोली सहभागी हुँदैछन्। आइतबार साँझ नै सवा ८ बजे वेस्ट इण्डिज र पपुवा न्यूगिनीबीच प्रतिस्पर्धा हुनेछ । समूह डीमा रहेको नेपालले भने पहिलो खेलमा जुन ४ मा नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्नेछ। दोस्रो खेलमा नेपालले जुन १२ मा श्रीलंकासँग प्रतिस्पर्धा गर्दा जुन १५ मा दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्ने तालिका छ। त्यस्तै जुन १७ मा नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। नेपालले यसअघि क्यानडासँगको वार्मअप खेलेको छ भने अमेरिकासँगको वार्मअप खेल वर्षाका कारण रद्द भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?