काठमाडौं– रेशम चौधरीलाई थुनामा राख्न सर्वोच्चले आदेश दिएको पत्र अहिलेसम्म सर्वोच्च अदालतको कुनै ढड्डामा नभेटिएको बताइएको छ।
सर्वोच्च अदालतका विभिन्न शाखाहरूमा त्यो पत्रको खोजी गर्दा कतै नभेटिएपछि अहिले सर्वोच्चका कर्मचारीहरूको बैठक बसिरहेको बताइएको छ ।
‘हाम्रा पनि विभिन्न शाखाहरू छन् हामीले त्यो पत्रको विषय खोजी गरिरहेका छौँ कहाँबाट पठाइयो अहिलेसम्म भेटिएको छैन ।’ सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेले भने, ‘सबै शाखामा यो पत्रबारे खोजी भइरहेको छ । अहिले सिनियर सरहरू र हामी बैठक समेत बसिरहेका छौँ। तर, खोजीकार्य जारी छ ।
रेशमलाई दिएको आममाफीको बदर गर्ने निर्णयबारेको पत्र मुद्दा शाखाका अधिकृत महिमा सिंह बिष्टले आफैँले हस्ताक्षर गरेर पत्र पठाएको प्रहरी स्रोतको भनाइ छ । यदि ढड्डामा पत्र नभेटिए रेशम आज नै छुट्न सक्ने अवस्था देखिन्छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच