६० किलो सुन तस्करीमा संलग्न आरोपमा १ जना पक्राउ

६० किलो सुन तस्करीमा संलग्न आरोपमा १ जना पक्राउ

अर्थ चौतारी

६० किलो सुन तस्करीमा संलग्न आरोपमा १ जना पक्राउ

A A- A+

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ६० किलो सुन तस्करीबारे दोस्रो चरणको अनुसन्धान गरिरहेको छ । जसअनुसार ब्युरोले ६० किलो सुन तस्करीमा संलग्न आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको तेमाल गाउँपालिका घर भएका ४५ वर्षीय कान्छामान लामा ‘थर्कमान’ छन् ।तेमाल गाउँपालिका वडा नम्बर–४ घर भएका कान्छामान लाजिम्पाटबाट पक्राउ परेका हुन् । उनी सामाखुसीमा बस्दै आएका थिए । ६० किलो सुनमा कान्छामानको संलग्नताबारे अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्युरोका एक जना अधिकृतले बताए ।भेप प्रकरणमा पूर्व सभामुख कृष्ण बहादुर महरासँग बयान लिएर ब्युरोले उनलाई हाजिर जमानीमा छाडेको थियो ।सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको सिफारिस अनुसार पूर्व सभामुख कृष्ण बहादुर महरा सहित ७ जनामाथि अनुसन्धान भइरहेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।तस्करीमा संलग्न मध्येका जीवन कुमार गुरुङ फरार छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?