मोडल अर्जुन तिरुवाको “तिम्रो माया दिलमा राख्याछु” गीत सार्वजनिक (भिडियोसहित)

मोडल अर्जुन तिरुवाको “तिम्रो माया दिलमा राख्याछु” गीत सार्वजनिक (भिडियोसहित)

अर्थ चौतारी

मोडल अर्जुन तिरुवाको “तिम्रो माया दिलमा राख्याछु” गीत सार्वजनिक ...

A A- A+

काठमाडौँ। गायक भुवन प्रकाश बडू र गायिका दिपा रोकायाको युगल स्वर रहेको निकै मार्मिक गीत "तिम्रो माया दिलमा राख्या छु" सार्वजनिक भएको छ। यस गीतको म्युजिक भिडियोमा मोडल अर्जुन तिरुवा र निरुता सिंह ठकुरीको अभिनय रहेको छ। साथमा कर्म विश्वकर्माको पनि अभिनय छ। भिडियोमा प्रेमिल दृश्यहरु देखाइएका छन्।

गीतको शब्द रचना भानुभक्त जोशीले गरेका हुन् भने प्रेमभाव समेटिएको उक्त गीतमा गयाक बडुको संगीत संयोजन छ। गीतमा जीवन बडुको संगीत व्यवस्थापन तथा मिक्स मास्टरिङ्ग रहेको छ।

प्रशान्त बोहोराले निर्देशन गरेको भिडिओ छायांकन लक्ष्मन विश्वकर्माले गरेका हुन्। भिडिओ सम्पादन सन्तोष सुनारले गरेका हुन् । गीतको म्युजिक भिडिओ अर्जुन तिरुवा नामक युटुबच्यानलबाट आज सार्वजनिक गरिएको हो ।

गीतकोपुराभिडियो:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?