प्रधानमन्त्री ओली भन्छन् : स्वास्थ्य विज्ञानको शुरुवात नेपालबाटै भएको हो

प्रधानमन्त्री ओली भन्छन् : स्वास्थ्य विज्ञानको शुरुवात नेपालबाटै भएको हो

अर्थ चौतारी

प्रधानमन्त्री ओली भन्छन् : स्वास्थ्य विज्ञानको शुरुवात नेपालबाटै भएको ...

A A- A+

काठमाडौँ। स्वास्थ्य विज्ञानको शुरुवात नेपालबाटै भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । आइतवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सभाको छैटौँ बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले नेपाल स्वास्थ्य विज्ञानको प्रारम्भ भएको ठाउँ भएको बताए।

उनले स्वास्थ्यको विकास गर्न नेपालले नसक्ने भन्ने नरहेको बताए। पुराना विधि र पद्धतिहरूको उपयोग गर्न पनि आवश्यक रहेको बताए। स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आर्थिक रूपमा कसरी सबल बनाउने भन्ने बारेमा सरकार गम्भीर रहेको बताए।

प्रधानमन्त्री ओलीले भने‚ ‘यो स्वास्थ्य विज्ञानको शुरुवातको भूमि हो। स्वास्थ्य विज्ञानको प्रारम्भ भएको ठाउँ हो यो। हामीले यसलाई विकास गर्न सक्दैनौँ भन्ने कुरा होइन। हाम्रा कतिपय पुराना मेथोडलोजी, पुराना विधि, प्रविधिहरू उपयोगी हुन सक्छन् त्यसलाई पनि लिएर अघि बढ्न सक्छौँ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?