काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्राकृतिक प्रकोपपछिको उद्धार र राहतका लागि तयारी अवस्थामा रहन पार्टीका जनसंगठनलाई आग्रह गरेका छन् ।
शुक्रबार काठमाडौंमा माओवादीको विपद् व्यवस्थापन केन्द्रीय विभागले आयोजना गरेको नेपालमा विपद्को अवस्था र पूर्वतयारीसम्बन्धी अन्तरक्रियामा प्रचण्डले प्राकृतिक प्रकोप हुने धनजनको क्षति न्यूनीकरण गर्न उद्धार र राहतका लागि तयारी अवस्थामा रहन पार्टीका जनसंगठनलाई आग्रह गरेका हुन् । माओवादी अन्तर्गतको भातृसंगठनहरुले स्वयंसेवक निर्माण गर्नका लागि आवश्यक पहल गर्नसमेत उनले निर्देशन दिए ।
विपद् आउनु अगाडी नै पूर्वतयारी महत्त्वपूर्ण कुरा भएको भन्दै प्रचण्डले यसमा राष्ट्रिय विपद् न्यूनीकरण प्राधिकरणले बढी पहल लिन जरुरी रहेको धारणा राखे । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरण प्रधानमन्त्री कार्यालय मातहत रहे यसले प्रभावकारी रूपमा काम गर्न सक्ने उनले बताए । प्रचण्डले विपद् न्यूनीकरणका लागि सरकारी, गैरसरकारी, भातृसंगठन सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच