६१ किलो सुन तस्करी प्रकरणमा जोडिएकी रोका पक्राउ

६१ किलो सुन तस्करी प्रकरणमा जोडिएकी रोका पक्राउ

अर्थ चौतारी

६१ किलो सुन तस्करी प्रकरणमा जोडिएकी रोका पक्राउ

A A- A+

काठमाडौं। ६१ किलो सुन तस्करी प्रकरणमा जोडिएकी अमला रोका पक्राउ परेकी छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले रोकालाई काठमाडौंबाट पक्राउ गरेको हो । रोकाविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी गरिएको थियो । अमला उक्त सुन तस्करीमा मुछिएको बेल्जियम नागरिक दाबा छिरिङकी श्रीमती हुन् ।

गत २०८० साउन २ गते राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट ६१ किलो सुन बरामद गरेको थियो । अमलाको राजनीतिक निकटता नेकपा (माओवादी केन्द्र) सँग रहेको बताइन्छ । ठमेलमा रहेको होटेल भियना अमलाको नाममा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?